असार ३१ । सन् २०१६ मा भारतमा हुने ट्वेन्टी–ट्वेन्टी बिश्वकपमा छनौट हुन नेपाल अहिले आयरल्याण्डमा कसरत गरिरहेको छ । तर प्रतियोगिता सुरु हुनुअघि नेपाली टिममा जुन आशा गरीएको थियो, त्यो अनुरुपको खेल भने अहिले सम्म खेल्न सकेको छैन ।
ट्वेन्टी–ट्वेन्टी बिश्वकप छनौट प्रतियोगितामा नेपाल अहिले कठिन मोडमा पुगेको छ । प्रतियोगिता अघि जुन अपेक्षा गरिएको थियो त्यो अनुरुपको खेल भने नेपालले प्रस्तुत गर्न सकेको छैन । आफुले खेलेका ४ खेलमा २ हार र एक जित र एक खेलमा अंक बाड्दै कुल ३ अंकका साथ समुह एमा रहेको नेपाल अंकतालिकाको पाचौस्थानमा छ ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा नेपालले अमेरीकालाई पराजित गर्दै सुखद सुरुवात गर्यो । तर नामिबिया बिरुद्धको दोस्रो खेल बर्षातका कारण अबरुद्ध भयो । तेस्रो खेलमा आयरल्याण्डसंग हार ब्यहोरेको नेपाल आफ्नो चौथो खेलमा पनि हङकङसंग स्तब्ध भयो । बुधबार भएको खेलमा नेपाल हङकङसंग ५ बिकेटले पराजित भएको थियो । हङकङबिरुद्धको खेलमा हार ब्यहोरेसंगै नेपालको बिश्वकप यात्रा कठिन बनेको हो ।
तर यात्रा कठिन भएपनि नेपालका कप्तान पारस खड्काले भने नेपालको बिश्वकपमा छनौट हुने सम्भावना कायमै रहेको बताएका छन् । क्रिक इन्फोसंगको कुराकानीमा कप्तान पारसले नेपाली टोलीले राम्रो खेल्न नसकेको स्विकार गर्दै बाकी खेलमा क्षमता अनुसारको प्रदर्शन गर्ने बताएका छन् । समर्थकहरुपनि नेपालले अब राम्रो खेल्नेमा आशाबादी बनेका छन् ।
समुह चरणको शिर्षस्थानमा रहने टोलीले सिधै बिश्वकपमा सहभागिता जनाउन पाउनेछ । तर नेपालको भने त्यो सम्भावना सकिसकेको छ । त्यसपछिका ३ टिमले पनि बिश्वकपका लागि प्रतिस्प्रर्धा गर्नपाउनेछन् । समुह ए को दोस्रो हुने टोलीले समुह बिको तेस्रो तथा समुह बिको दोस्रो हुने टोलीले समुह ए को तेस्रो हुने टोली संग खेल्नेछ । बिजयी हुने दुई टोली बिश्वकपमा छनौट हुनेछन भने पराजित भएका टोली समुहका चौथोहुने टोलीसंग प्रतिस्प्रर्धा गर्नेछन् । त्यसमा बिजयी हुने टोलीका लागि भने बिश्वकपको ढोका उघारिने छ । नेपालले अब शुक्रबार पप्वान्युगिनी र आफ्नो अन्तिम खेलमा शनिबार जर्सीसंग खेल्नेछ । तर शिर्ष चारमा रहन नेपाललाई दुबै खेलको जितमात्र पर्याप्त छैन अन्य टोलीको खेलको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।
नेपाल रहेको समुह एमा आयोजक आयरल्याण्ड ४ खेलमा ६ अंक जोड्दै शिर्षस्थानमा छ भने पप्वान्युगिनी ३ खेलमा ५ अंक जोड्दै तालिकाको दोस्रोस्थानमा रहेको छ । त्यस्तै समान ३ खेलमा समान ३ अंक जोडेका नामिबिया र हङकङ नेटरनरेटका आधारमा क्रमश तेस्रो र चौथोस्थानमा छन् । नेपाल र पप्वान्युगिनीबिचको खेल नेपालीसमय अनुसार शुक्रबार अपरान्ह् २ः४५ बजे सुरु हुनेछ ।

Post a Comment