असार ३, दमक । झापाको लखनपुरमा बन्दै गरेको आदिवासी जनजाति रङ्गशालालाई मदन भण्डारी रङ्गशालामा रुपान्त्ररण गरेको बिरोधमा संघिय लिम्बुवान पार्टी नेपाल सम्बद्ध संघिय बिद्यार्थी युनियन लिम्बुवान झापाले घोर आपत्ति प्रकट गरेको छ ।
शनिबार युनियनका झापा अध्यक्ष अशोक घिमिरेद्धारा हस्ताक्षरित प्रेष वेज्ञप्ति प्रकाशन गर्दै रङ्गशालाको नामलाई परिवर्तन गरिएको भन्दै घट्नाको भत्र्सना गरेका हुन् । सरकारद्धारा प्रस्तुत बजेट भाषण र निति तथा कार्यक्रममा आदीवासी जनजाति समुदायको हितमा रहेको सो रङ्गशालालाई एमाले काग्रेसले मदन भण्डारी रङ्गशालामा रुपान्त्ररण गरेको भन्दै त्यसको आपत्ति गरेका हुन् ।
अध्यक्ष घिमिरेले बर्षौै बर्ष देखिको आदीवासी समुदायको मृत्यु पर्यान्त शबलाई खाली रहेको जमिनमा गाड्ने सस्कार अनुसार सो क्षेत्रमा समाधिस्थलको रुपमा प्रयोग गर्ने गरेको बताए । एैतिहासीक क्षेत्रको पहिचानलाई नामेट गर्ने षड्यन्त्र भएको हो, वेज्ञप्तिमा भनिएको छ—तत्कालिन समयमा आदीवासीहरुको समाधिस्थलको बिवरणलाई लिपिवद्ध गर्दै सम्मान स्वरुप आदीवासी रङ्गशाला निर्माण गर्ने सहमति भएको थियो ।
प्रेस बिज्ञप्तिमा सो रङ्गशालालाई मदन भण्डारी रङ्गशालाको नामकरणले आदिवासी समुदायको पहिचान संस्कृतिको मर्म र भावानलाई घात पुर्याउने उल्लेख भएको छ । सरकारले गरेको यस निर्णय तत्काल नसच्चिए कडा आन्दोलन गर्ने समेत बेज्ञप्तिमा भनिएको छ ।

Post a Comment